पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

प्रधानमन्त्रीद्वारा स्वर्ण पदक विजेता महर्जन सम्मानित

काठमाडौँ, २७ वैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ५० औँ एसियन बडी बिल्डिङ एन्ड स्पोर्ट च्याम्पियनसिपका स्वर्ण पदक विजेता महेश्वर महर्जनलाई सम्मान गर्नुभएको छ । 
अखिल नेपाल खेलकुद सङ्घले आज प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आयोजना गरेको कार्यक्रममा महर्जनलाई सम्मान गर्दै प्रधानमन्त्री ‘प्रचण्ड’ ले खेलकुद विकासका लागि सरकारले सक्दो प्रयास गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । 

खेलकुदको विकासले युवाको शारीरिक र बौद्धिक विकास गर्नुका साथै देशको गरिमा र स्वाभिमान उच्च राख्ने प्रधानमन्त्रीको भनाइ छ । महर्जनले सन् २०१६ सेप्टेम्बरमा भुटानमा सम्पन्न ५० औँ एसियन बडी बिल्डिङ एन्ड स्पोर्ट च्याम्पियनसिनमा ७५ केजी तौल समूहमा स्वर्ण पदक प्राप्त गर्नुभएको हो । 

कार्यक्रममा युवा तथा खेलकुदमन्त्री दलजीत श्रीपाइलीको समेत उपस्थिति रहेको थियो ।