पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

रेडियो नेपालमा सार्वजनिक सेवा प्रसारण वारे अन्तरक्रिया

radionepal

काठमाण्डौ ।  रेडियो नेपाल र नेपाल टेलिभिजनलाई नागरिकको सञ्चारमाध्यमका रुपमा विकास गर्न चाँडै नै र्सार्वजनिक सेवा प्रसारण- पि.एस.वि. मा रुपान्तरण गर्नुपर्नेमा विज्ञहरुले जोड दिएका छन् । 
     रेडियो नेपाल कर्मचारी संघले म‌गलबार  आयोजना गरेको " सार्वजनिक सेवा प्रसारण ऐन र कर्मचारीहरुको सरोकार" विषयक अन्तर्त्रिmयामा प्रधानमन्त्रीका प्रेस सल्लाहाकार डा. कुन्दन अर्यालले सञ्चारमाध्यमको लोकतान्त्रिकरणका लागि पनि  नेपालमा पि.एसवीको आवश्यकता परेको उल्लेख गर्दै सरकारले रेडियो नेपाल र नेपाल टेलिभिजनलाई चाँडै नै र्सार्वजनिक सेवा प्रसारणमा रुपान्तरण गर्ने तयारी गरिरहेको बताउनुभयो ।उहाँले पिएसबीमा रुपान्तरित भएकपछि यो सेवालाई कसरी दिगो वनाई राख्ने भन्ने तर्फअहिलेदेखि नै सवैले ध्यान दिनुपर्नेमा जोड दिनुभयो । 


   रेडियो नेपालका कार्यकारी निर्देशक सुरेशकुमार कार्कीले पिएसबीमा जान रेडियो नेपाल सकारात्मक रहेको र यसका लागि संस्थाले आवश्यक गृहकार्य पनि सुरु गरिसकेको जानकारी दिनुभयो ।     वरिष्ठ पत्रकार तारानाथ दाहालले पिएसबीको चर्चा चलेको र कानूनका मस्यौदाहरु बनेको धेरै समय भईसकेको उल्लेख गर्दै राजनीतिक इच्छाशक्ति भएमात्र रेडियो नेपाल र नेपाल टेलीभिजन पिएसबीमा रुपान्तरण हुनसक्ने बताउनुभयो । वरिष्ठ पत्रकार सुमन खरेलले रेडियो नेपाल र नेपाल टेलीभिजन पि.एस. वी सेवामा जानु दुई संस्थाका लागि सुनौलो अवसर हुने भन्दैँ यसले कर्मचारीहरुको क्षमता अभिवृद्धिमा पनि सहयोग पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो । 

  यु एन आई नेपालका अध्यक्ष शंकर लामिछानेले कर्मचारीहरुको सहभागिता र सहअस्तित्व सुनिश्चित हुने गरी  पि.एस. वी सेवालाई अगाडि बढाउनसके मात्र यसकोे दिगोपन कायम रहनेमा जोड  दिनुभयो । रेडियो नेपाल कर्मचारी संघका अध्यक्ष चेतनारायण पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा रेडियो नेपालका नायव कार्यकारी निर्देशक वुद्धि वहादुर के.सीले पि.एस. वी सेवामा जान रेडियो नेपालको तयारी वारे कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । 
सिर्जना थापा / रेडियो नेपाल