पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

४ वर्षमा सरकारले धेरै काम गर्छः अध्यक्ष प्रचण्ड

डायलसन अधिकारी, बुटवल । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारले संबिधानमा उल्लेख भएअनुसारका मौलिक हक सम्वन्धि ऐनको निर्माण र बिकासका लागि पुर्वाधारहरु तयार गरीसकेकाले अव जनताले अनुभुति गर्ने गरी बिकास गर्ने बताउनु भएको छ ।

रुपन्देहीको भैरहवामा आजदेखि सुरु भएको पर्यटन, कृषि तथा राष्ट्रिय औद्योगिक व्यापार मेलाको उदघाटन गर्नुहुदै अध्यक्ष प्रचण्डले सरकारले ४ बर्षको अवधिमा समृद्ध नेपाल, सुखी नेपालीको नारालाई सार्थक बनाउने बताउनु भयो ।

उहाँले तिलौराकोट, लुम्बिनी र रामग्रामलाई जोडेर विश्वशान्ति शहरको रुपमा विकास गरी संसारभरका बौद्धमार्गीहरुको आकर्षण केन्द्रको रुपमा विकास गर्न सरकार अघि बढेको बताउनुभयो ।

नेकपाका नेता घनश्याम भुसालले सामाजिक सुरक्षाका बिषयमा सरकारले राम्रो काम गरेको बताउनु भयो ।

नेपाली काँग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले सरकार  काम गर्न असफल नहोस भनेर आफनो पार्टीले एक बर्षसम्म बिरोधका कार्यक्रम नगरेको बताउनु भयो ।

राप्रपा प्रजातान्त्रिकका बरिष्ठ उपाध्यक्ष दिपक बोहोराले सरकार शान्ति सुरक्षा, बिकास निर्माण र कर्मचारी परिचालनमा असफल भएकोे बताउनु भयो ।