पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

तातोपानीको मितेरी पुलको निर्माण कार्य शुरु

चौतारा । भूकम्प बाढी र सुख्खा पहिरोले क्षतिग्रस्त नेपाल–चीन जोड्ने सिन्धुपाल्चोकको तातोपानीस्थित भोटेकोशी नदीको मितेरी पुलको निर्माण कार्य शुरु भएको छ ।

चीन सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा साविकै स्थानबाट पुल निर्माणको काम शुरु भएको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद अधिकारीले जानकारी दिनुभयो ।

आउंँदो जेठको दोस्रो सातामा पुल निर्माण गर्ने लक्ष्य रहेको छ । 

यसैगरी बाह्रविसे तातोपानी २९ किमी सडकखण्ड र लार्चास्थित सुख्खा बनदरगाहको काम चिनियाँ रेलवे कन्स्ट्रक्सन कम्पनीले गरिरहेको छ ।