पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

विमानस्थल र फास्ट ट्रयाक परिपूरकः नेता नेपाल

वीरगञ्ज । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले बाराको निजगढमा निर्माणाधीन अन्तराष्टिय विमानस्थल र काठमाडौं–तराई जोड्ने फास्ट ट्रयाक एक अर्काका परिपुरक रहेकाले दुवै योजना एकै साथ सम्पन्न हुनपर्ने कुरामा जोड दिनुभएको छ ।

वरिष्ठ नेता नेपालले आज पर्साको वीरगञ्ज स्थित टाँगिया बस्तीमा आयोजित कार्यक्रममा वन मासेर वातावरणमा प्रभाव पार्ने हल्ला फैलाएर अन्तराष्ट्रिय विमानस्थल निर्माणमा षड्यन्त्र गर्ने काम भइरहेको बताउनुभयो ।