पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

दश राजकीय अतिथि गृह निर्माण गर्ने सरकारको निर्णय

काठमाडौं । सरकारले ललितपुरको पुल्चोकस्थित मन्त्री निवास रहेको स्थानमा १० वटा राजकीय अतिथि गृह निर्माण गर्ने निर्णय गरेको छ ।

यही मंसिर १७ गते बसेको मन्त्रिपरिषदले गरेका निर्णय सार्वजनिक गर्न आज सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलमा आयोजित पत्रकार सम्मेलनमा सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल प्रसाद बाँस्कोटाले मन्त्रिपरिषद् बैठकले ललितपुरको भैसेपाटीस्थित सैवु आवास क्षेत्रमा सांसद आवसका लागि छुट्याइएको १ सय ४९ रोपनी जग्गामा राष्ट्रिय सभाका अध्यक्ष, उपाध्यक्ष, उपसभामुख र मन्त्रीहरूका लागि २७ वटा आवास भवनका साथै प्रदेश प्रमुख र मुख्यमन्त्री आवास एवम् सम्पर्क कार्यालयका लागि १४ वटा भवन निर्माण गर्ने निर्णय गरेको जानकारी दिनुभयो ।

सरकारका प्रवक्ता समेत रहनुभएका सञ्चार तथा सूचना प्रविधि मन्त्री बाँस्कोटाले मन्त्रिपरिषद् बैठकले महाकवि लक्ष्मीप्रसाद देवकोटाको आवासलाई संग्रहालय बनाउने निर्णय गरेको जानकारी दिनुभयो ।

मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री के.पी शर्मा ओलीलाई ग्लष्खभचकब िएभबअभ ँभमभचबतष्यल बाट लिडरसीप एण्ड गुड गभर्नेन्स अवार्ड सहित प्राप्त एक लाख अमेरिकी डलरमा सोही बराबरको रकम नेपाल सरकारले थप गरी शान्ति, सुशासन, वैज्ञानिक खोज, अनुसन्धान तथा विकासका क्षेत्रमा उल्लेख्य योगदान पुर्याउने प्रतिभाशाली युवा तथा अन्य व्यक्तिलाई प्रोत्साहन तथा हौसला प्रदान गर्ने उद्देश्यले प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार कोष स्थापना गर्ने निर्णय गरेको प्रवक्ता बाँस्कोटाले जानकारी दिनुभयो ।

एशिया प्यासिफिक सम्मेलनमा प्रधानमन्त्री सहभागि हुनुभएको विषयमा पत्रकारद्वारा सोधिएको प्रश्नमा मन्त्री बाँस्कोटाले यस अघिको सम्मेलनमा पूर्व प्रधानमन्त्री तथा अन्य दलका नेताहरू समेत सहभागि हुनुभएको प्रष्ट गर्नुभयो ।

मन्त्रिपरिषद् बैठकले पुथा उत्तरगंगा गाउँपालिका पूर्वी रुकुमको केन्द्र तक्सेरामा कायम गर्ने निर्णय गरेको जानकारी दिनुभयो ।

पत्रकार सम्मेलनमा सञ्चार तथा सूचना प्रविधि मन्त्री बाँस्कोटाले निर्मला हत्या प्रकरणको अनुसन्धान अन्तिम चरणमा पुगेकाले दोषी पहिचाहन गरी छिट्टै सार्वजनिक गरिने बताउनुभयो ।

मन्त्रिपरिषद बैठकले स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकमा रमेशकुमार पोखरेल लाई नियुक्त गर्ने र नेपाल दुरसञ्चार कम्पनी लिमिटेडको प्रवन्ध निर्देशक पदमा नियुक्तिका लागि सिफारिस गर्न तीन सदस्य छनौट समिति गठन गर्ने निर्णय गर्नुका साथै हुलाक सेवा सम्वन्धी विधेयक तर्जुमा गर्न तयार पारिएको अवधारणापत्र स्वीकृत गरेको छ ।

मन्त्री बाँस्कोटाले मुलुक भर गुणस्तरिय एवम् उच्च प्रविधि युक्त दुरसञ्चारको विस्तारका लागि अवको एक वर्षभित्र अप्छिकल फाइवर विच्छाउने कार्य सम्पन्न हुने जानकारी दिनुभयो ।

वीरगञ्जमा नेपाल भारत एकीकृत भन्सार जाँच चौकी स्थापना गर्दा विस्थापित भएका परिवारलाई प्रति परिवार एक लाख पचास हजार र मुआव्जा पाएर पनि बसोबासको व्यवस्था गर्न नसकेका परिवारलाई प्रति परिवार एक लाख रुपियाँ प्रदान गर्ने मन्त्रिपरिषदले निर्णय गरेको छ ।

पत्रकार सम्मेलनमा मन्त्री बाँस्कोटाले तथ्यलाई तोडमोड नगरी बस्तुपरक ढंगले समाचार सम्प्रेषण गर्न सञ्चार माध्यमहरूलाई आग्रह समेत गर्नुभयो ।