ठूलो उद्योगको रुपमा सेवा क्षेत्रः श्रम मन्त्री विष्ट
काठमाडौं । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोर्कण विष्टले नेपालमा पनि सेवा क्षेत्रले ठुलो उद्योगको रुप लिएको बताउनु भएको छ ।
युएनआई नेपालको पाँचौ राष्ट्रिय अधिवेशनको आज काठमाडौमा उदघाटन गर्दै मन्त्री विष्टले सेवा उद्योगलाई थप व्यवस्थित र विस्तार गर्ने सम्बन्धमा थप छलफल गर्न भने जरुरी रहेको बताउनु भयो ।
श्रम मन्त्री विष्टले सरकारले सुरु गरेको न्युनतम वेतन, सामाजिक सुरक्षा जस्ता कार्यक्रमको प्रभावकारी कार्यान्वयका लागि सरकारले अनुगमन गर्ने पनि बताउनु भयो ।