पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

‘शतप्रतिशत प्रतिफल आउने गरी कार्यक्रम अघि बढाइने’

काठमाडौं । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले विगतका कामहरुको समिक्षा गर्दै लगानीको शत्प्रतिशत प्रतिफल प्राप्त गर्ने गरी कार्यक्रम एवं आयोजनाहरुलाई अगाडी बढाइने बताउनुभएको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्तरगतको स्थानीय शासन तथा सामुदायिक विकास कार्यक्रमको ११ औं राष्ट्रिय कार्यकारी समितिको बैठकमा मन्त्री पण्डितले कुनैपनि स्रोतको दूरुपयोग हुन नदिने बताउनुभयो । 

मन्त्री पण्डीतले सबै प्रकारका कार्यक्रम र आयोजनाहरुका लागि राष्ट्रिय तथा दातृ निकायबाट प्राप्त कुनै पनि स्रोतको कार्यान्वयनमा कमजोरी हुन नदिने प्रष्ट पार्नुभयो । 

बैठकमा कार्यक्रमका राष्ट्रिय कार्यक्रम व्यवस्थापक रेशमलाल कँडेलले तीनवटै तहको संस्थागत संरचना, नीति निर्माण र स्थानीय तहका जनप्रतिनिधि र कर्मचारीहरुको क्षमता अभिबृद्धिमा कार्यक्रमले सहयोग पु¥र्याइरहेको बताउनुभयो ।