पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

मध्य भोटेकोशीले निर्धारित समयभित्रै काम पूरा गर्ने

सञ्जय लामा, सिन्धुपाल्चोक । मध्य भोटेकोशी जलविद्युत आयोजनाले निर्धारित समयभित्रै काम पूरा गर्ने र आयोजना प्रभावित स्थानीयसँग गरेका लिखित सहमति पूरा गर्ने प्रतिवद्धता जनाएको छ । 

जिल्ला प्रशासन कार्यालय, सिन्धुपाल्चोकको मध्यस्थतामा आयोजनाका प्रतिनिधि, आयोजना प्रभावित भोटेकोशी गाउँपालिका र बाह्रविसे नगरपालिकाका प्रमुख, प्रभावित क्षेत्रका स्थानीय प्रतिनिधि लगायतसँग भएको संयुक्त छलफलपछि आयोजनाका अधिकारीहरुले माग पूरा गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन् ।