पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

गौरवका आयोजनाहरुको निर्माणका सम्बन्धमा छलफल 

काठमाडौं । राष्ट्रिय सभा अन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा राष्ट्रिय गौरवका आयोजनाहरुको निर्माणका सम्बन्धमा छलफल गरिएको छ । 

समितिको आज बसेको बैठकमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गत रहेका सात वटा राष्ट्रिय गौरबका आयोजनाहरुको निर्माण प्रगतीबारे आयोजना प्रमुखहरुले जानकारी  गराउनुभयो ।

बैठकमा निर्माणाधीन पुष्पलाल मध्यपहाडी लोक मार्ग, हुलाकी राजमार्ग, उत्तर दक्षिण सडक आयोजना, काठमाडौं केरुङ, काठमाडौं पोखरा, पोखरा लुम्बीनी रेलमार्ग  निर्माणका  सम्बन्धमा यथेष्ट प्रगतीभएको जानकारी गराइएको थियो । 

बैठकमा भाौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुविर महासेठले आगामी ४ वर्षभित्र ६ हजार देखि ८ हजार किलोमिटर सडक सञ्जाल निर्माण गरि केन्द्रसँग सबै स्थानीय तहलाई जोडिने योजना अनुसार कामतीव्र गतीमा भइरहेको जानकारी दिनुभयो । 

बैठकमा सांसदहरुले राष्ट्रिय गौरबका आयोजनाहरु तोकिएकै समयमा निर्माण हुन्छ कि हुँदैन भन्दै प्रश्न उठाउनु भएको थियो ।