पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

इ पि एल क्रिकेटमा यसपटक १७ विदेशी खेलाडीले खेल्ने

काठमाडौं । एभरेस्ट प्रिमियर लिग इ पि एल टि २० क्रिकेट प्रतियोगितामा यस पटक १७ जना विदेशी खेलाडीले खेल्ने भएका छन् । 

यही मङ्सिर २२ गतेदिख शुरु हुने प्रतियोगितामा विभिन्न क्लबबाट भारत, इङल्याण्ड, आयरल्याण्ड, संयुक्त अरब ईमिरेट्स यु.एई, नेदरल्याण्ड्स मुलुकका खेलाडिले खेल्ने छन् । 

प्रत्येक क्लबले तीन जना सम्म विदेशी खेलाडी राख्न पाउने नियमानुसार पाँचवटा क्लबले तीन–तीन र एउटा क्लबले दुई जना विदेशी खेलाडी अनुबन्ध गरेका छन् । 

प्रतियोगितामा छ शहरका छ टोली विराटनगर वारियर्स, भैरहवा ग्लाडिएटर्स, काठमाडौँ किङ्गस ११, ललितपुर प्यट्रिओट्स, चितवन टाइगर्स र पोखरा राइनोजले प्रतिस्पर्धा गर्नेछन् ।