पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

हाफ म्याराथनको उपाधि ठकुरीलाई

पर्वतमा बिहिबार सम्पन्न हाफ म्याराथनको उपाधि सिन्धुपाल्चोकका गणेश सिंह ठकुरीले प्राप्त गरेका छन् ।

२१ किलोमिटरको दुरी म्याराथन धावक ठकुरीले १ घण्टा १० मिनेट ३ सकेण्डस्मा पुरा गर्दै प्रथम पुरस्कार स्वरुप ७५ हजार रुपैँया प्राप्त गरेका हाम्रा पर्वत समाचारदाता रोशन तिवारीले जनाएका छन् ।

जम्मा ५४ जना धावक सहभागी म्याराथनमा दोस्रो हुँदै कैलालीका किरणसिँह ठकुरीले ५० हजार र तेस्रो स्थान प्राप्त गरेका सोलुखुम्वुका सुमन कुलुङ राईले २५ हजार रुपैँया प्राप्त गरेका थिए ।