पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

बिहिबारका दुवै खेल बराबरीमा सम्पन्न

काठमाडौं । शहीद स्मारक ‘ए’ डिभिजन लिगअन्तर्गत बिहिबार भएका दुवै खेल गोल रहित बराबरीमा सम्पन्न भएका छन् ।

सातदोबाटोस्थित एन्फा मैदानमा फ्रेण्ड्स क्लब र त्रिभुवन आर्मी क्लबबिचको पहिलो खेल बराबरीमा सम्पन्न भयो ।

यो बराबरीपछि १ अङ्क जोड्दै त्रिभुवन आर्मी क्लब चौथोमा मात्र उक्लिएको छ ।

अहिले सम्मका खेलबाट १४ अङ्क बनाएको त्रिभुवन आर्मी क्लबले यो खेल जितेको भए लिगको दोस्रो स्थानमा उक्लिने थियो ।

फ्रेन्डस् क्लब पनि १ अङ्क जोड्दै १० औँ स्थानमा उक्लिएको छ ।

एन्फा मैदानमा ब्रिगेड ब्वाईज र मच्छिन्द्र क्लबबिच भएको दोस्रो खेल पनि बराबरीमै सम्पन्न भयो ।

बराबरी पछि पनि ब्रिगेड ब्वाईज र मच्छिन्द्र क्लब क्रमस १२ औँ र १३ औँ स्थानमा रहेका छन् ।

यी खेलसँगै जारी लिगको छैठौँ चरण पनि सकिएको छ । सातौँ चरणका खेलहरु यहि अउने शनिबार देखि संचालन हुने छन् ।