पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

५० प्रतिशत अनुदानमा आधुनिक हाते ट्र्याक्टर वितरण 

गुल्मी । गुल्मीको मुसिकोट नगरपालिकाले कृषकका लागि ५० प्रतिशत अनुदानमा आधुनिक हाते ट्र्याक्टर वितरण गरेको छ ।

नगरपालिकाले ५० प्रतिशत अनुदानमा कृषक व्यक्ति र कृषक समूहलाई खेतबारी जोत्नका लागि आधुनिक नौ वटा हाते ट्र्याक्टर वितरण गरेको हो ।

बुधबार गुल्मीको मुसिकोट नगरपालिकामा एक कार्यक्रमको आयोजना गरी प्रत्येक वडाका एक–एक जनालाई हाते ट्र्याक्टर वितरण गरिएको नगरपालिकाका अधिकृत नवराज भण्डारीले जानकारी दिनुभयो ।