पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

थामियो शेयर बजार

काठमाडौँ, २० मङ्सिर २०७५ । बुधबार उच्च बिन्दुले घटेको शेयर बजार आज भने सामान्य अङ्कले बढेको छ । 
नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक २.७ बिन्दुले घटेको छ । ‘क’ वर्गका कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.५४ बिन्दुले घटेको छ । 

सामान्य अङ्कले बढेको बजारमा कारोवार रकममा भने वृद्धि भएको छ । कूल १६२ कम्पनीको १३ लाख ७४ हजार ३४६ कित्ता शेयर रु ३७ करोड ९ लाख ७१ हजार ९३६ मूल्यमा खरीद बिक्री भएका छन् । कारोवार हुने साताको अन्तिम दिन आज दुई उपसमूहको मात्रै शेयर घटेको छ । जलविद्युत् ९.८१ र उत्पादन २.६२ बिन्दुले घटेको छ । 

यस्तै बैंकिङ २.५५, होटल ०.६५, विकास बैंक ३.३१, वित्त ०.७९, निर्जीवन बीमा ३५ं५९, अन्य ०.८७, लघुवित्त ०.५४ र जीवन बीमा ४४.७ बिन्दुले घटेको छ । सामान्य बढेको बजारमा आइएमइ जनरल इस्योरेन्स, अपि पावर कम्पनी, सूर्य लाइफ इन्स्योरेन्स, पोखरा फाइनान्स, गुराँस लाइफ इन्स्योरेन्स, विजय लघुवित्त वित्तीय संस्थाका शेयरधनीले कमाएका छन् । 

त्यस्तै कालिका लघुवित्त वित्तीय संस्था, महिला सहयात्रा माइक्रोफाइनान्स वित्तीय संस्था, यूनाइटेड मोदी हाइड्रो पावर, काबेली विकास बैंक, रैराङ हाइड्रो पावर कम्पनी, आरम्भ माइक्रो फाइनान्स वित्तीय संस्थाका शेयरधनीले गुमाएका छन् ।