पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

कार्यसमिति बैठकमा विधान संशोधनमाथि छलफल जारी

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा आज पनि विधान संशोधन मस्यौदामाथि छलफल जारी रह्यो । 

पार्टी केन्द्रीय कार्यालय, सानेपा ललितपुरमा बसेको आजको बैठकमा केन्द्रीय सदस्यहरू, ज्ञानेन्द्रबहादुर कार्की, मानबहादुर विश्वकर्मा, अम्बिका बस्नेत, महेन्द्र यादव, गुरुराज घिमिरे, अमृत अर्याल र आमन्त्रीत केन्द्रीय सदस्य बालकृष्ण पाण्डेले आ–आफ्नो धारणा राख्नु भयो । 

आजको बैठकमा समग्र आर्थिक नीति प्रस्ताव समितिका तर्फबाट सहमहामन्त्री एवं समितिका संयोजक डा. प्रकाशशरण महतले नेपाली कांग्रेसको समग्र आर्थिक नीतिको प्रस्ताव केन्द्रीय कार्यसमितिमा प्रस्तुत गर्नु भएको थियो ।

उच्च उत्पादकत्वमा आधारित दिगो र फराकिलो आर्थिक बृद्धि, समतामुलक लोककल्यानकारी राज्य, रोजगारीमुखी युवा केन्द्रित उद्यमशीलता,सार्थक वित्तिय संघीयता सदाचारयुक्त आर्थिक सुसासन पार्टीको आर्थिक निति हुने प्रस्ताब गरिएको आर्थिक नीती प्रस्ताव समितिका संयोजक डां प्रकाश शरण महतले आज पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिनुभयो । 

विधान संशोधन मस्यौदामा छलफल गर्न यही मंसिर ९ गतेदेखि जारी बैठक भोलि बिहान ११ बजे पुनः बस्नेछ ।