पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

‘बायुसेवा निगमलाई कम्पनीमा लैजान प्रक्रिया शुरु’

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयानमन्त्री रबिन्द्र अधिकारीले नेपाल बायुसेवा निगमलाई कम्पनीमा लैजान प्रक्रिया थालिएको बताउनुभएको छ ।
 
संसद्को सर्वाजनिक लेखा समितिले वाइडबडी विमान खरिद प्रक्रियाबारे छलफल गर्न राखेको बैठकमा मन्त्री अधिकारीले निगम सुधारका लागि साझेदारीमा जाने प्रक्रिया थालिएको बताउनुभएको हो । 

मन्त्री अधिकारीले वाइडबडी विमान खरिद प्रक्रियाबारे समितिलाई सहयोग गर्ने र मन्त्रालयले यसबारे अध्ययन गरेर सत्य तथ्य प्रस्तुत गर्ने जानकारी गराउनुभयो । 

बैठकमा सबैजसो सदस्यहरुले विमान खरिद प्रक्रियामा सम्बन्धित मन्त्रालयका मन्त्रीबाट चित्तबुझ्दो जवाफ नभएको भन्दै प्रतिप्रश्न गर्नुभएको थियो । 

समितिले निगमको विमान खरिद प्रक्रियाबारे पुनः निगम र सम्बन्धित मन्त्रालयलाई लिखित प्रश्नमार्फत जवाफ माग गर्ने निर्णय गरेको छ ।