पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

मनाङ्ग मर्स्याङदी क्लबको शीर्ष स्थान कायमै

काठमाडौं । मनाङ्ग मर्स्याङदी क्लब शहिद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगितामा आफ्नो शीर्ष स्थान कायम राखन सफल भएको छ ।

सातदोबाटो स्थित एन्फा मैदानमा बुधबार भएको पहिलो खेलमा मनाङ्ग मर्स्याङदी क्लबले जावलाखेल युथ क्लबलाई १–० गोल अन्तरले पराजित गरेको थियो ।

मनाङ्गका लागि एक मात्र निर्णायक गोल अन्जन विष्टले खेलको ६२ औँ मिनेटमा गरेका थिए ।

गोल कर्ता विष्ट एस खेलको म्यान अफ दि म्याच घोषित हुँदै पुरस्कार स्वरुप १० हजार रुपैँया प्राप्त गरे ।

अहिले सम्मका सबै ६ खेलमा जित हात पार्दै मनाङ्ग मर्स्याङदी क्लब १८ अङ्क बटुलेर शीर्ष स्थान कायम राख्न सफल रहेको छ ।

यसैगरि बुधबार हलोक स्थित ए पि एफ को मैदानमा भएको अर्को खेलमा सरस्वती यूथ क्लबलाई २–१ गोल अन्तरले पराजित गर्दै थ्री स्टार क्लब लिगको दोस्रो स्थानमा उक्लिएको छ ।

अहिले सम्मका ६ मा ५ खेलमा जित हात पारेको थ्री स्टार १५ अङ्क सहित लिगको दोस्रो स्थानमा उक्लिएको हो ।

एन्फा मैदानमा बुधबार नै भएको दोस्रो खेलमा हिमालयन शेर्पा क्लब च्यासल यूथ क्लब संग २–१ गोल अन्तरले नै पराजित हुन पुग्यो ।

यो जित संगै च्यासल सातौँ स्थानमा उक्लिएको छ भने हिमालयन शेर्पा क्लब छैठौँ स्थानमा झरेको छ ।