पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

विवाद समाधानका लागि समिति गठन

काठमाडौं । युवा तथा खेलकूद मन्त्रालयले पछिल्लो समय विभिन्न खेल संघमा देखिएको विवाद समाधान गर्न राष्ट्रिय खेलकूद परिषद्का उपाध्यक्ष पिताम्बर तिम्सिनाको संयोजकत्वमा एउटा समिति गठन गरेको छ । 

विभिन्न प्रतियोगिताका लागि खेलाडी छनोटमा गर्दा समेत एउटै खेलको दुईवटा संघ हुँदा समस्या परेकाले यसको समाधानका लागि समिति गठन गरिएको मन्त्रालयले जनाएको छ । 

अहिले विशेष रुपमा कराँते, जिम्न्यास्टिक र तेक्वान्दो संघमा विवाद रहेको छ ।