पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

दश वर्षमा समाजवादको आधार निर्माणःअध्यक्ष प्रचण्ड

कपिलवस्तु । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्ष पुष्प कमल दाहाल ‘प्रचण्ड’ले चालु दश वर्षलाई सरकारले समाजवादको आधार निर्माण दशकको रुपमा अघि बढाएको बताउनु भएको छ । 

कपिलवस्तु उद्योग वाणिज्य संघले वाणगंगामा आयोजना गरेको दशौं महोत्सवको उद्घाटन गर्नुहुदै अध्यक्ष‘प्रचण्ड’ले आउदो दश वर्षपछि नेपालमा आर्थिक सामाजिक क्रान्तिको परिणाम सजिलै देख्न सकिने बताउनु भयो ।

अध्यक्ष प्रचण्डले त्यसको आधारको रुपमा ल्हासादेखि लुम्विनी सम्मको रेलमार्ग निर्माण, पुर्व पश्चिम रेलमार्ग निर्माण, हुलाकी सडक निर्माण जस्ता भौतिक पुर्वाधारहरु चालु दश वर्षमा सम्पन्न हुने गतिमा सरकार अघि बढेको बताउनुभयो । 

अध्यक्ष प्रचण्डले नेपाल, भारत र चीन विच त्रिदेशीय आर्थिक साझेदारीको नयाँ रणनीतिका साथ सरकार आर्थिक विकास र समृद्धिको दिशामा अघि बढेको स्पष्ट पार्नुभयो ।

चीनसँग ४ वटा वन्दरगाहा सम्मको पहुँच अब नेपालको सहज हुने दावी गर्दै उहाँले अब नेपाल, भुपरिवेष्ठित देशको रुपमा नभई समुन्द्रसँग जमिनबाट जोडिएको देशको रुपमा पहिचान स्थापित गर्ने बताउनु भयो ।