पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

‘सरकारले जनअपेक्षा पूरा गर्न सकेन’

हेटौँडा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले दुई तिहाई बहुमत प्राप्त सरकारले पनि जनताका अपेक्षा पूरा गर्न नसकेको आरोप लगाउनु भएको छ । 

आज हेटौडामा आयोजित कार्यकर्ता भेलामा अध्यक्ष थापाले सरकार जनताका सानातिना समस्यादेखि राष्ट्रिय समस्या हल गर्न चुक्दै गएको बताउनुभयो ।