पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

काँङ्ग्रेसमा पदाधिकारी संख्याबारे बहस

काठमाडौँ । नेपाली काँग्रेस केन्द्रिय कार्य समिति बैठकमा पार्टीको संशोधित विधानमाथीको छलफल आज पनि जारी रह्यो ।  

काँग्रेस केन्द्रीय कार्यालय, सानेपामा बसेको आजको बैठकमा केन्द्रीय सदस्यहरू एन.पी. साउँद, आनन्दप्रसाद ढुंगाना, धनराज गुरुङ, गगनकुमार थापा, गोविन्द भट्टराई, गुरुराज घिमिरे, चिनकाजी श्रेष्ठ, लक्ष्मी परियार तथा आमन्त्रित केन्द्रीय सदस्यहरु— नरेन्द्रकुमार चौधरी र रमा कोइराला पौडेलले आफ्नो धारणा राख्नु भयो ।

मस्यौदामाथिको छलफलमा अधिकांश केन्द्रीय सदस्यले पार्टीमा गुट उपगुट अन्त्य गर्नुपर्ने सुझाव दिनुभएको छ ।

बैठकमा हालको पदाधिकारी संख्या यथावत राख्नुपर्ने र केन्द्रीय कार्यसमितिको आकार बढेसँगै पदाधिकारीको संख्या पनि बढाउनुपर्नेमा केन्द्रिय सदस्यहरुले जोड दिनुभएको छ । 

संस्थापन पक्ष हालको पदाधिकारी संख्या यथावत राख्नुपर्नेमा पक्षमा देखिएको छ भने संस्थापन ईतर पक्ष केन्द्रीय कार्यसमितिको आकार बढेसँगै पदाधिकारीको संख्या पनि बढाउनुपर्ने र सबै पदाधिकारीको निर्वाचन हुनुपर्ने पक्षमा छ । 

बैठक भोली विहान ११ः०० बजे पुनः बस्नेछ ।