पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

कर्मचारी विवरण पठाउन निर्देशन

काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले भोलीसम्ममा २७ जिल्ला समन्वय समितिलाई स्थायी कर्मचारीको विवरण पठाउन निर्देशन दिएको छ । 

कर्मचारी समायोजनका लागि अन्य जिल्ला समन्वय समितिले स्थायी कर्मचारीको विवरण पठाएको तर २७ जिल्लाले विवरण नआएपछि त्यस्तो निर्देशन दिइएको मन्त्रालयका स्थानीय तह समन्वय शाखाका अधिकृत जनकराज शर्माले जानकारी दिनुभयो । 

मन्त्रालयले सबै समन्वय समितिबाट विवरण सङ्कलन गरेर कर्मचारी समायोजन गर्ने जनाएको छ ।