पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

सभापतिको कार्यशैलीका कारण काँग्रेस समस्यामाः नेता सिंह

धादिङ । नेपाली काँङग्रेसका नेता महामन्त्री प्रकाशमान सिंहले पार्टी सभापतिको कार्यशैलीका कारण नेपाली काँग्रेस गम्भीर समस्यामा परेको बताउनु भएको छ । 

आजबाट धादिङको घाटवेसीमा सुरु भएको नेपाली काँङग्रेस जिल्ला कोषाध्यक्षहरुको राष्ट्रिय भेलालाई सम्वोधन गर्दै नेता सिंहले बर्तमान नेतृत्वको असक्षमताले गर्दा नेपाली काँग्रेसले सबै ठाउँमा पराजय बेहोर्नुपरेको बताउनुभयो ।