पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

प्लाष्टिकमुक्त अभियान राराबाट शुरु गरिने

काठमाडौँ । प्लाष्टिक तथा प्लाष्टिकजन्य सामग्रीको प्रयोग बन्द गर्न यही मङ्सिर १६ गतेदेखि ‘हिमालदेखि तराईसम्म प्लाष्टिकरहित समाज निर्माण अभियान’ शुरु गरिने भएको छ । 

समुद्र सतहदेखि २ हजार ९७२ मिटर उचाइमा रहेको राराबाट शुभारम्भ गरिने अभियानको संयोजन आर्ट समिट ट्राभल एण्ड टूर्सले स्थानीय तहका प्रतिनिधिका साथै पर्यटन व्यवसायीको सहकार्य र समन्वयमा गर्ने भएको छ । 

हिमाली जिल्ला मुगुमा पर्ने राराको अधिकतम लम्बाइ पाँच किलोमिटर र अधिकतम चौडाइ तीन किलोमिटर छ भने गहिराइ १६७ मिटर छ । 

कार्यक्रममा ५०० मिटरको दूरीमा १५ वटा डस्टबिन राखेर स्थानीय तल्लो मिलीदेखि रारासम्म करीब सात किलोमिटरमा सरसफाइ गरी फोहर व्यवस्थापन गरिने छ ।