पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

लुम्बिनीमा पंक्षी महोत्सव शुरु

रुपन्देही । पाहुना चराहरूको स्वागत गर्ने उद्देश्यले लुम्बिनीमा आज पक्षी महोत्सव शुरु भएको छ ।

चराहरूको संरक्षणमा जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले ‘शान्तिका लागि सारस संरक्षण’ भन्ने नारासहित लुम्बिनी विकास कोषले पहिलोपटक महोत्सव आयोजना गरेको हो ।

कोषका उपाध्यक्ष भिक्षु मेत्तेय शाक्यपुत्तले लुम्बिनी वरिपरिका सिमसार क्षेत्र जोगाउन, पोखरीको संरक्षण गर्न, उनीहरूको बासस्थान सुरक्षाका लागि चेतना जागाउन पनि महोत्सवको आयोजना गरिएको जानकारी दिनुभयो ।
 
लुम्बिनीमा विभिन्न दुई सय २२ प्रजातिका चराहरू पाइन्छन् ।