पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

२५६१ औं बुद्धजयन्ती मनाइँदै

बुटवल, २६ बैशाख । २५६१ औ बुद्धजयन्ती तथा लुम्बिनी दिवस आजदेखि लुम्बिनीमा विभिन्न कार्यक्रम गरी मनाइदै छ । 

बुद्धजयन्ती तथा लुम्बिनी दिवसका अवसरमा लुम्बिनी विकास कोष र स्थानीय संघ संस्थाहरुले ३ दिनसम्म विभिन्न कार्यक्रमहरु आयोजना गरेका छन ।

लुम्बिनीका विभिन्न विहार तथा आसपासका क्षेत्रमा आज बिहान विशेष सरसफाई गरिएको छ । 
त्यस्तै मायादेवी मन्दिर परिषरमा अहोरात्र परीत्राण पाठ र शान्ति दीप प्रज्ज्वलन गरिँदै छ । 

बुद्धजयन्तीको मुख्य दिन भोलि उपराष्ट्रपति नन्द बहादुर पुनको प्रमुख आतिथ्यमा विशेष समारोह हुनेछ ।