पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

मैथिली साहित्यका महाकवि विद्यापतिको स्मृति दिवस शुरु 

जनकपुर । मैथिली साहित्यका महाकवि विद्यापतिको स्मृति दिवस विभिन्न कार्यक्रमका साथ आजदेखि मनाउन शुरु गरिएको छ ।  

विद्यापति ट्रष्टले प्राचीन मिथिलाको राजधानी जनकपुरधाममा आजदेखि विभिन्न कार्यक्रमहरुको आयोजना गरेर ३ दिनसम्म महाकवि विद्यापतिको स्मृति दिवस मनाउने जनाएको छ । 

यस अवसरमा विद्यापति चौकमा रहेको प्रतिमामा माल्यार्पण गरेर प्रदेश नंं २ का प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थले कवि सम्मेलनको उद्घाटन गर्नु भयो । 

आज विभिन्न २ दर्जन कविहरुले महाकवि विद्यापतिको योगदानमा आधारित भएर कविता वाचन गर्नु भएको थियो ।