पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

मोबाइल एप्स ‘नेपाल टेलिकम’ परिमार्जन

काठमाडौं । नेपाल टेलिकमले मोबाइल एप्स ‘नेपाल टेलिकम’ परिमार्जन गरेको छ । 

परिमार्जन गरिएको एप्समार्फत नेपाल टेलिकमका जिएसएम, सिडिएमए, पिएसटिएन र एडीएसएल लगायतका सेवाको बारेमा जानकारी प्राप्त गर्न सकिने टेलिकमका प्रवक्ता प्रतिभा वैद्यले जानकारी दिनुभयो । 

पछिल्लो समयमा विभिन्न प्रकारका प्याकेज खरीद गरी सेवा उपभोग गर्ने प्रचलन बढ्दै गएपछि विशेष गरी त्यस्ता प्याकेज खरीद गर्नका लागि यो एप्सबाट सहज हुने टेलिकमले जनाएको छ । 

यो एप्स लग इन गर्नासाथ मोबाइलमा भएको ब्यालेन्स रकम तथा नेपाल टेलिकमको प्याकेज खरीद गरेको भए सोबारे जानकारी प्राप्त गर्न सकिनेछ । 

विभिन्न सेवाको लागि आवश्यक रकम रिचार्ज गर्न र जिएसएम प्रिपेडबाट ब्यालेन्स ट्रान्सफर गर्नसमेत परिमार्जन गरिएको एप्सबाट सहज हुनेछ ।