पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

साख्वाः न्याय र समानताका अभियन्ताः प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल सम्वत्का प्रवर्तक, राष्ट्रिय विभूति शङ्खधर शाख्वाः न्याय र समानताका अभियन्ता भएको बताउनुभएको छ । 

नेपाल संवत्  ११३९को अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरूलाई सुख, शान्ति, समृद्धि तथा उत्तरोत्तर प्रगतिको कामना गर्दै आज जारी गर्नुभएको शुभकामना सन्देशमा उहाँले  सो  कुरा बताउनुभएको हो । 

प्रधानमन्त्री ओलीले शाख्वाः कै योगदानका कारण नेपालको मौलिक संवत् नेपाल संवत् प्रचलनमा आएको बताउँदै उहाको योगदान आज पनि नेपाली समाजमा उत्तिकै सान्दर्भिक रहेको उल्लेख गर्नुभएको छ । 

नेपाल संवत् प्रारम्भको घटना नै प्रेरणादायी भएको उल्लेख गर्दै “शंखधर शाख्वाःले ११३९वर्ष अघि ऋणमा बाँधिएका गरिब किसानहरूलाई आफ्नै सम्पत्ति खर्च गरेर ऋणबाट मुक्त गराउनु भएको  थियो ।