पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

बोक्सीको आरोपमा चौधरीमाथि कुटपिट

जगत साउद, धनगढी । कैलालीको घोडाघोडी नगरपालिका ५ देउकलियामा बोक्सीको आरोपमा राधा चौधरीमाथी कुटपिट गरिएको छ । 

राधामाथी कुटपिट गर्ने स्थानीय कालिचरण चौधरीलाई पक्राउ गरिएकोे कैलालीका प्रहरी उपरीक्षक आभुषण तिमिल्सेनाले जानकारी दिनुभयो ।

चौधरीले हिजो साँझ लक्ष्मीपुजाका दिन बोक्सी भन्दै राधामाथी कुटपिट गरेको बताइएको छ ।

राधामाथी २०७४ साल फागुन २४ गते पनि बोक्सीको आरोपमा कुटपिट भएको र कुटपिटमा संलग्न स्थानीय भोले बाबा भनिने रामबहादुर चौधरी सहित ३ जना हाल जिल्ला कारागार कैलालीमा कैद सजाँय भुक्तान गरिरहेको प्रहरीले जनाएको छ ।