पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

‘सङ्घीयता कार्यान्वयन सङ्कटमा’

धनुषा । नेपाली काङ्ग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणले प्रदेश सरकारलाई अख्तियारी नदिएकाले सङ्घीयता कार्यान्वयन सङ्कटमा परेको बताउनुभएको छ । 

जनकपुरमा आज पत्रकारसँग कुरा गर्नुहुँदै प्रमुख सचेतक खाँणले नागरिकको आधारभूत आवश्यक्ता पूरा गर्न समेत सरकार सफल नभएको बताउनुभयो । 

सरकार सञ्चालनका लागि बहुमत हुँदाहुँदै दुई तिहाइ पुर्याउन अन्य दललाई समेत सरकारमा सहभागी गराए पनि संविधान संशोधनको कुरा अघि नबढ्नु दुखद रहेको खाँणको भनाइ थियो ।