पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

गणेशमानको त्याग पुस्तान्तरण भएनः नेता निधि

काठमाडौँ । नेपाली काङ्ग्रेसका उपसभापति विमलेन्द्र निधिले गणेशमान सिंहको त्यागका बारेमा सही रुपमा पुस्तान्तरण हुन नसकेको बताउनुभएको छ । 

गोकर्णेश्वर नगरपालिका र बिपी सङ्ग्रहालय समितिले आज काठमाडौंमा आयोजना गरेको गणेशमान सिंहको १०४औँ जन्मजयन्ती एवम् शुभकामना आदानप्रदान कार्यक्रममा उपसभापति निधिले गणेशमान सिंहको प्रधानमन्त्रीको पदभन्दा प्रजातन्त्र ठूलो हो भन्ने सन्देश प्रवाह हुन नसकेको बताउनुभयो ।