पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

संकल्प पुरा गर्न सबै लाग्नुपर्छः मन्त्री पण्डित

पुष्करराज बुढाथोकी, भक्तपुर । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले प्रधानमन्त्री केपी शर्मा ओलीको सुखी र सम्बृद्ध नेपाल बनाउने संकल्प पुरा गर्न सबै लाग्नुपर्ने बताउनु भएको छ । 

नेपाल संवत् १९३९ को अवसरमा आज राष्ट्रिय विभूति शंखधर साखवा प्रतिष्ठानले मध्यपुरथिमि शंखधर साख्वा चोकमा आयोजना गरेको शंखधर साख्वाको शालिकमा माल्र्यापण कार्यक्रममा बोल्दै उहाँले सुखी र सम्बृद्ध नेपालको संकल्प सबैले पुरा गर्नुपर्ने बताउनु् भएको हो ।

कार्यक्रममा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले देशको विकासमा शंखधर साख्वाले पुर्याएको योगदानको चर्चा गर्दैै उहाँले शंखधरलाई सिंगो मुलुकमा फैलाउन लागिरहेको बताउनुभयो ।