पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

आज गोवर्द्धन पूजा सम्पन्न

काठमाडौं । नेपालीहरुको दोस्रो ठूलो चाड तिहार अन्तर्गत आज गाई, गोरु र गोवर्द्धन पूजा गरियो । 

आजै नेवार समुदायका मानिसहरुले आप्mनो आत्म अर्थात (म्हः) पूजा पर्व मनाइरहेका छन् । 

मानिसको आत्मा नै सबैभन्दा ठूलो र महत्वपूर्ण भएकाले आत्म पूजा गर्ने परम्परा शास्त्रीय भएको धर्मशास्त्रविद् एवं नेपाल पंचाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा. डा. रामचन्द्र गौतमले बताउनुभयो । 

आत्मसन्तुष्ट बनाई खुशी राख्न सके देवीदेवता पनि प्रसन्न भई आशीर्वाद दिने र जीवन लिएको पनि सार्थक हुने धार्मिक विश्वास समेत छ । 

आजदेखि नेपाल सम्बत ११३९ प्रारम्भ भएको छ । 

राष्ट्रिय विभूति शंकधर साख्वाले विसं ९३७ मा गरीब जनताको ऋणमोचन गरी नेपाल संवतको शुरुवात गराउनुभएको सम्झनामा नेपाल संम्वत मनाईने गरिन्छ ।