पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

जिल्ला स्तरीय क्रिकेटको उपाधि सान्निकोट युवा कलबलाई

अछाम । अछामको साँफेबगरमा सम्पन्न जिल्ला स्तरीय क्रिकेट प्रतियोगिताको उपाधि सान्निकोट युवा कलब चौरपाटी ७ ले उचालेको छ ।

रिडीकोटको बडासैन खेल मैदानमा सम्पन्न फाईनलमा सन्निकोट युवा क्लबले बैजनाथ युवा क्लब साँफेबगर १ लाई ६ रनले पराजित गरेको हाम्रा अछाम समाचारदाता टेकराज भण्डारीले जानकारी दिनुभयो ।

प्रथम भएको सान्निकोट युवा क्लबले उपाधि सहित १ लाख ५० हजार रुपैँया र दोस्रो भएको बैजनाथ युवा कलबले २० हजार रुपैँया प्राप्त गरेका थिए ।

सन्निकोट क्रिकेट क्लब मार्कुका हिमाल बिक म्यान अफ दि सिरिज घोषित हुन सफल भए ।

२०७० साल देखि लगातार आयोजना हुँदै आएको प्रतियोगिताको यस संस्करणमा १८ वटा क्लबले प्रतिस्पर्धा गरेका थिए ।