पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

तामाकोशीको साधारण शेयर तिहारपछि बाँडफाँड हुने

काठमाडौं । ३ लाख ४६ हजार १६६ जनाभन्दा बढीको आवेदन परेको माथिल्लो तामाकोशी जलविद्युत् कम्पनीको साधारण शेयरको बाँडफाँड तिहारपछि हुने भएको छ । 

तामाकोशीको आइपिओमा ६ अर्ब ७० करोड ५८ लाख २८ हजार बराबरको आवेदन परेको विक्री प्रबन्धकले जनाएको छ ।

कम्पनीको आईपिओमा परेको आवेदन सबै सदर भएमा २ लाख २१ हजार ७५५ जना आवेदकले ४० कित्ता तथा १ लाख २४ हजार ४११ जना आवेदकले ५० कित्ताका दरले शेयर पाउने सम्भावना रहेको छ ।

कम्पनीले १ करोड ५८ लाख कित्ता शेयर निष्काशन गरेकोमा सामुहिक लगानी कोषलाई छुट्याएर बाँकी रहेको १ करोड ५० लाख ९० हजार ७५० सर्वसाधरण आवेदकलाई बाँडफाँड हुनेछ ।

कम्पनीको शेयर बिक्री प्रबन्धकमा नागरिक लगानी कोष र सनराइज क्यापिटल रहेका छन । कम्पनीले दोलखाको लामाबगरमा ४५६ मेगावाट क्षमताको नेपालको सबै भन्दा ठूलो जलविद्युत आयोजना निर्माणको क्रममा रहेको छ ।