पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

२ अर्ब १५ करोडको फलफूल लगायतका सामग्री भित्रियो

वीरगञ्ज । नेपालको व्यापार घाटा बषेनी चुलिदै गएको अवस्थामा दिपावलीलाई लक्षित गरी मुलुकको प्रमुख भन्सार नाका वीरगञ्ज भन्सार कार्यालयबाट सुख्खा फलफुल, ड्राई फ्रुट्स, भाई मिठाई, चकलेट तथा अन्य फलफुल गरी झण्डै २ अर्ब १५ करोड रुपैया बरावरका सामग्री नेपाल भित्रिएका छन् । 

वीरगञ्ज भन्सार कार्यालयका अनुसार तिहारलाई लक्षित गर्दै त्यस नाकाबाट झण्डै  १ अर्ब ५ करोड ५० लाख रुपैयाँ बराबरका ‘ड्राई फ्रुट्स’ तथा चकलेट आयात भएको छ भने केरा, स्याउ, अनार लगायतका फलफुलहरु झण्डै ९५ करोड भन्दा बढीको भित्रिएको छ । विगत एक साता यता १९ लाख ६५ हजार ४ सय १३ किलो ग्राम ड्राईफ्रुट्स नेपाल भित्रिएको वीरगञ्ज भन्सार कार्यालयले जनाएको छ । 

नेपालमा तिहारका बेला सबैभन्दा धेरै ‘ड्राई फ्रुट्स’ खपत हुने गरेको र भाइटीकामा दिदी–बहिनीले दाजुभाइलाई टीका लगाएर सगुनका रूपमा दिने भएकाले यसलाई ‘भाइ मसला’ समेत भन्ने गरिन्छ । 

तिहारमा ओखर, काजु, किसमिस, खजुर, नरिवल, सुपारी, बदाम, हाडे बदाम, चकलेट लगायतका सुख्खा फलफूलको खपत धेरै हुने गर्दछ । 

नेपालमा छिमेकी मुलुक भारत र चीनसहित बेलायत, इटाली, भियतनाम, यूएई, इन्डोनेसिया, पाकिस्तान, कतार, थाइल्यान्ड, अमेरिका लगायतका मुलुकबाट ड्राई फ्रुट्स आयात हुने वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकृत सन्तोष यादवले बताउनु भयो ।