पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

इटहरीमा भीषण आगलागी, एक करोडको क्षति

इटहरी । सुनसरी जिल्लाको इटहरी उपमहानगरपाालिका–६ स्थित चारतले पक्की भवनमा आज दिउँसो विद्युत् ‘सर्ट’ भएर आगलागी हुँदा कम्तिमा  एक करोड रुपैया बराबरको क्षति भएको अनुमान गरिएको छ । 

आगलागीका कारण उक्त चारतले भवनको माथिल्लो तीन तला पूर्ण रूपमा ध्वस्त भएको छ । आगलागीका कारण त्यो भवनभित्र रहेका अधिकांश पसल तथा व्यवसायीको सरसामान पूर्ण रूपमा जलेको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ । 

आगलागी अन्य क्षेत्रमा फैलन नदिनका लागि झण्डै एक दर्जन बढी दमकलले पूर्ण प्रयास गरेको थियो ।