पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

देवकोटा संग्रहालय बनाइनेः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले महाकवि लक्ष्मीप्रसाद देवकोटा जन्मनुभएको घर सरकारले किनेर देवकोटा संग्रहालय बनाउने घोषणा गर्नुभएको छ । 

महाकवि देवकोटाको एक सय १० औँ जन्मजयन्तीका अवसरमा मदन भण्डारी कला, साहित्य प्रतिष्ठानले आज प्रधानमन्त्री निवास बालुवाटारमा आयोजना गरेको  कार्यक्रममा प्रधानमन्त्री ओलीले देवकोटा नेपाली साहित्यका विलक्षण प्रतिभा र बौद्धिक व्यक्तित्वका धनी भएकाले उहाँको कृतित्व र व्यक्तित्वबारे भावी पुस्तालाई जानकारी दिन संग्रहालयको आवश्यकता रहेको बताउनु भयो  ।

कार्यक्रममा प्राध्यापक डाक्टर महादेव अवस्थीले महाकवि देवकोटाको कृतित्व र व्यक्तित्वबारे जानकारी दिनुभयो भने कविहरु तुलसी दिवस, विप्लभ ढकाल, प्रभा भट्टराई, लक्ष्मण नाम्नांगे, नरनाथ लुईटेल तथा जनगायक रामेश र रामकृष्ण दुवालले महाकविका कविता तथा गीत प्रस्तुत गर्नुभयो ।