पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

आर्थिक समृद्धि सरकारको प्राथमिकतामाः मन्त्री अधिकारी

पोखरा । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले मुलुकको आर्थिक विकास र समृद्धि सरकारको पहिलो प्राथमिकता भएको बताउनुभएको छ ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पोखरा महानगरपालिका–११ द्वारा आज आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले मुलुकको सबै क्षेत्र पर्यटकीय गन्तव्यका रूपमा विकास भएको कारण आर्थिक वर्षको तीन महीनामा ३४ प्रतिशतले पर्यटनमा वृद्धि भएको जानकारी दिनुभयो ।