पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

सबै विद्यार्थीलाई कम्प्युटर शिक्षा दिइनेः मन्त्री बाँस्कोटा

काभ्रेपलाञ्चोक । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले मुलुकका सबै विद्यार्थीलाई कम्प्युटर शिक्षा प्रदान गरिने बताउनुभएको छ । 

आज काभ्रेको बल्थलीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री बाँस्कोटाले यस वर्ष १ हजार सामुदायिक माध्यमिक विद्यालयलाई कम्प्युटर ल्यावको व्यवस्था गरिने बताउनुभयो । 

मन्त्री बाँस्कोटाले सरकार समृद्ध नेपाल सुखी नेपाली बनाउन पाँच वर्षे खाका तयार गरी अघि बढिसकेको बताउनुभयो । उहाँले सरकारले अर्को वर्ष सामाजिक सुरक्षाअन्तर्गत वृद्धभत्ता बढाउने तयारी गरेको पनि जानकारी दिनभयो ।