पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

सबै नेपाली एक भएर अघि बढ्नुपर्छः नेता नेपाल

पुष्करराज बुढाथोकी, भक्तपुर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले सुखी नेपाली र समृद्ध नेपालको अभियानमा सबै नेपाली एक भएर अघि बढ्नुपर्ने बताउनुभएको छ । 

भक्तपुरको सूर्यविनायक नगरपालिका–५ स्थित दीपावली, नेपाल संवत् ११३९ तथा छठको शुभकामना तथा चियापान कार्यक्रममा बोल्दै उहाँले सबै जातजाति, भाषाभाषी,  धर्म, सम्प्रदाय मिलेर समृद्धिको अभियानमा जुट्नुपर्ने बताउनुभयो ।