पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

पाइपलाइन बिछ्याउने काम ५० प्रतिशत सम्पन्न

वीरगञ्ज । पेट्रोलियम पदार्थको पाइपलाइन बिछ्याउने काम ५० प्रतिशत सकिएको छ ।

नेपाल आयल निगम पेट्रोलियम पाइपलाइन परियोजनाका अनुसार सीमावर्ती भारतीय शहर रक्सौलदेखि अम्लेखगञ्जसम्म ३७ दशमलब ३५ किलोमिटर दूरीमा पाइपलाइन बिछ्याउने कार्यक्रम अन्तर्गत १९ किलोमिटर पाइपलाइन बिछ्याउने काम सम्पन्न भएको हो ।

रक्सौलदेखि अम्लेसगञ्जसम्म विभिन्न अवरोध हटाउने काम अन्तिम चरणमा पुगेको र पाइपलाइन बिस्तारको काम दु्रत गतिमा भइरहेको परियोजनाका प्रमुख भानुभक्त खनालले जानकारी दिनुभयो । 

आरक्षण क्षेत्रबाट करीब ५ हजार ८८८ रुख काट्ने सहमति भएको बताइएको छ । रुख कटान हुनासाथ १ महिनामा पाइपलाइन बिछ्याउने काम सम्पन्न हुने प्रमुख खनालको भनाइ छ ।