पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

अनलाइनबाट शेयर कारोबार बढ्यो

बुटवल । बुटवल क्षेत्रबाट वैदेशिक रोजगारीमा गएका नेपालीहरु शेयर खरीद बिक्रीमा संलग्न हुने क्रम बढेको छ । 

खासगरी कोरिया, दुवई, साउदी अरब लगायतका मुलुकमा वैदेशिक रोजगारीमा गएकाले आफ्नो परिवार वा अनलाइनमार्फत् ५० हजारदेखि ५ लाख रुपैयाँसम्मको शेयर खरीद तथा बिक्री गर्ने गरेको बुटवलस्थित विभिन्न शेयर दलालका कार्यालयले जनाएका छन ।

एशियन सेक्युरिटिज प्रालि (२६) नं दलाल कार्यालय बुटवलका पुष्पनिधि ढकालले पूँजी बजार अनलाइन प्रणालीमा गएपछि सबैभन्दा बढी वैदेशिक रोजगारीमा गएका लगानीकर्ता खुशी देखिएको उल्लेख गर्दै आफ्नो कार्यालयबाट सबैभन्दा बढी कोरियामा काम गर्नेले लगानी गरेको जानकारी दिनुभयो । 

आर्यन तारा इन्भेष्टमेण्ट प्रालि (५७) नं दलाल कार्यालय बुटवलका टेकराज भट्टराईले कोरियाबाट चार जनाले शेयर खरीद तथा बिक्री गरेको जानकारी दिँदै अनलाइनबाट नै भुक्तानी हुने गरेको बताउनु भयो । 

बुटवलका लगानीकर्ताको बैंकसम्बन्धी शेयर सबैभन्दा बढी रोजाइमा परेको छ । रुपन्देहीमा पाँच वटा शेयर दलाल कार्यालयले शेयरको किनबेच गर्ने गर्दछन ।