पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

आइपीओको प्रक्रिया ३ महिनाभित्रः नेपाल पुनर्बीमा कम्पनी

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीले सर्वसाधारणका लागि शेयर जारी गर्ने आइपीओको सम्पूर्ण प्रक्रिया तीन महिना भित्र पुरा हुने जनाएको छ । 

मंगलबार ललितपुरमा आयोजित ५ औं वार्षिक कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत चिरायू भण्डारीले आगामी तीन महिनाभित्रमा इनिशियल पब्लिक अफरिङ (आइपिओ) जारी गर्न बिक्रि प्रबन्धक समेत नियुक्त गरिसकेको जानकारी दिनु भयो । 

दश अर्ब रुपैयाँभन्दा बढी चुक्ता पूँजी भएको नेपाल पुनः बीमा कम्पनीले आइपिओ निष्कासनका लागि बिक्रि प्रबन्धकमा राष्ट्रिय वािणज्य बैंकको सहायक कम्नपी आरबिबी मर्चेण्ट बैंकलाई नियुक्त गरिसकेको छ ।

सात अर्ब ५० करोडभन्दा बढी व्यापार गर्ने लक्ष्यका साथ कम्पनीले काम गरिरहेको कम्पनीका अध्यक्ष रमेश गँुरागाईले बताउनु भयो ।