पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

टिफा काउन्सिलको बैठक २७ गते हुने

काठमाडौं । नेपाल र अमेरिका बीचको दुई पक्षीय संयन्त्र टिफा काउन्सिलको बैठक यही नोभेम्बरमा १३ तारिक अर्थात कार्तिक २७ गते अमेरिकाको वासिङटन डिसिमा हुने भएको छ ।

नेपालको वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिवको चन्द्रकुमार घिमिरेको नेतृत्वमा नेपाली टोली सहभागी हुने गरी तयारी भइरहेको मन्त्रालयले जनाएको छ । बैठकमा नेपाल र अमेरिका बीचको आपसी व्यापार, लगानी तथा त्यस क्रममा आइपर्ने समस्या लगायतका विषयहरुमा छलफल हुने मन्त्रालयका सहसचिव रवि शंकर संैजुले जानकारी दिनु भयो ।

नेपालका विभिन्न ७७ वटा वस्तुहरुलाई आयातका लागि अमेरिकाले शून्य भन्सार सुविधा उपलब्ध गराउदै आएको छ । नेपालबाट अमेरिका निर्यात हुने त्यस्ता वस्तुहरुको उत्पादन, गुणस्तर तथा अमेरिकामा निर्यात वृद्धि लगायतका विषयमा पनि बैठकको क्रममा छलफल हुने सैजुले जानकारी दिनु भयो ।