पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

राजपालाई संयमित हुन यादवको आग्रह

काठमाडौं, ५ असार । संघीय समाजबादी फोरम नेपालका अ्रध्यक्ष उपेन्द्र यादवले राजपा नेताहरुलाई संयमित भई निष्ठा र एजेण्डामुखि राजनीति गर्न आग्रह गर्नुभएको छ । 

आज प्रेषित प्रेस नोटमा अध्यक्ष यादवले राजपा नेताहरुसँग राजनीतिक एजेण्डा नै नभएकाले अरुको चरित्र हत्या गर्ने निराधार भ्रम सिर्जना गर्ने र बदनियतापूर्ण आरोप लगाउने जस्ता कार्यमा उत्रेको बताउनु भयो । 

उहाँले आफुविरुद्ध राजपा नेताले लगाएको आरोपको प्रमाण पेश गर्न चुनौती दिनुभयो ।