पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

‘विमानस्थलका लागि अर्को उपयुक्त स्थान छैन’

वीरगञ्ज । नेपाल कम्युनिष्ट पार्टी नेकपाका वरिष्ठ नेता माधव कुमार नेपालले दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणका लागि निजगढ भन्दा उपयुक्त अर्को स्थान नभएको बताउनु भएको छ । 

बाराको सिमरा विमानस्थलमा आज सञ्चारकर्मीहरुसंगको कुराकानीमा वरिष्ठ नेता नेपालले रुख मासेर स्मार्ट सिटी बनाउन नहुने तर अन्तराष्ट्रिय विमानस्थल बनाउन निजगढ उपयुक्त हुने दाबी गर्नुभयो ।