पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

फोहर सङ्कलन केन्द्र निर्माण तीव्र गतिमा

नेपालगञ्ज । नेपालगञ्जको फोहरमैला व्यवस्थापनका लागि ल्याण्डफिल्ड साइड निर्माण भइरहेको छ । 

फोहर सङ्कलन केन्द्रको काम २८ महिनामा करिब ७० प्रतिशत पूरा भएको छ । 

करिब १३ बिगाहा क्षेत्रफलमा ३३ करोड ८८ लाखमा निर्माण भइरहेको ल्याण्डफिल्ड साइड निर्माण सम्पन्न भएपछि नेपालगञ्जको फोहरमैलालाई सहजै व्यवस्थापन गर्न सकिने नगर उपप्रमुख उमा थापामगरले बताउनुभयो ।